चिसोमा चिलाउने समस्या छ ? डा. कर्णकाे सुझाव पढ्नुहाेस्

चिसोमा चिलाउने समस्या छ ? डा. कर्णकाे सुझाव पढ्नुहाेस्

काठमाडाैं :जाडो मौसममा कतिपयमा हातखुट्टाका औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ नै हुने समस्या देखापर्छ। यो समस्यालाई मेडिकल भाषामा ‘चिलब्लेन्स’ भनिन्छ। यस्तो समस्यामा चिसोले हातखुट्टाका औँला, नाकको टुप्पो, कानको लोती सुन्निने हुन्छ। यी अंगमा रातो हुने, चिलाउने र घाउसमेत हुनसक्छ। जुनसुकै उमेरका व्यक्तिमा देखिने यो समस्या विशेष गरेर बच्चा तथा ४० वर्षभन्दा माथिकालाई बढी देखिन्छ।

dr-karna

डा. धर्मेन्द्र कर्ण, छाला तथा सौन्दर्य विशेषज्ञ 

जाडोमा शरीरका अत्यन्त चिसो हुने भाग जस्तैः हातखुट्टाका औँला, नाकको टुप्पो, कानको लोतीमा भएका रक्तनलीहरू साँघुरिन्छन्। जसले गर्दा यी भागमा रक्तसञ्चार कम हुन्छ। अचानक यी भागलाई न्यानो बनाउँदा वा तताउँदा रक्तनली एक्कासि खुम्चिन्छन्, जसले गर्दा केही मसिना रक्तनली फुट्छन् र आन्तरिक रक्तस्राव हुन्छ तथा ती भागमा रातो हुने, चिलाउने र पोल्ने समस्या देखिन्छ।

यस्तो समस्या विभिन्न अवस्थामा देखिनसक्छ। यो समस्या वंशानुगत पनि हुनसक्छ। महिलामा यो समस्या बढी देखिन्छ। बस्ने कोठा बढी चिसो हुँदा पनि यस्तो समस्या देखिन्छ। धेरै व्रत बस्ने, पानी कम पिउने व्यक्तिलाई यस समस्याले सताउने गर्छ। यो समस्या प्रत्येक वर्ष दोहोरिएको छ भने छालाको बाथसँग सम्बन्धित हुनसक्छ। शरीरमा चिनीको मात्रा र रगतमा बोसोको मात्रा बढी छ भने पनि यो समस्याले बढी दुःख दिनसक्छ। यो समस्यालाई समयमै रोकथाम र उपचार गरिएन भने सुन्निएको रातो औँलाको भागहरू फुट्नसक्छ र घाउ हुनसक्छ। घाउ पाकेर हाडको इन्फेक्सन पनि हुनसक्छ।

त्यसैले सुत्ने एवं बस्ने कोठा न्यानो बनाउनुपर्छ। सकेसम्म चिसोपानी चलाउनु हुँदैन। चलाउनै परेमा बाक्लो खालको रबरको पञ्जा लगाएर चलाउनुपर्छ। भ्यासलिन, पेट्रोलियम जेली वा लोसन लगाउनुपर्छ। त्यसपछि पञ्जा लगाएर हातलाई न्यानो राख्नुपर्छ। न्यानो कपडा लगाउनुपर्छ। चिसो मौसममा एक घण्टाको फरकमा मुठी कस्ने र छोड्ने गर्ने गर्नुपर्छ। सुगर र रगतमा बोसोको मात्रा नियन्त्रण गर्नुपर्छ।

सम्पूर्ण शरीरलाई न्यानो बनाउनुपर्छ। धेरै चिसो भयो भन्दैमा एक्कासि तातो बनाउन हिटर वा ग्यास बालेर सेक्नु हुँदैन। हात तथा खुट्टाका औँला सुन्निने, चिलाउने, पोल्ने तथा फुटेर घाउ भएमा तुरुन्त तातो बनाउने उपाय झन् बढी हानिकारक हुनसक्छ। लक्षण बढ्दै गएमा हाइ पोटेन्ट कोटीको स्टेरोइड औषधि सेवन गर्नुपर्छ। घाउ पाकेको छ भने एन्टिबायोटिकयुक्त मलम लगाउनुपर्छ। यति गर्दा पनि सुधार नदेखिएमा छालारोग विशेषज्ञसँग जाँच गराएर थप औषधि उपचार गर्नुपर्ने हुन्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.