अजिंगरले कुखुराको भाले अोकलेपछि ...

अजिंगरले कुखुराको भाले अोकलेपछि ...

एजेन्सी : भोको अजिंगरको छेउछाउ आएको शिकार हत्तपत्त उम्किन पाउँदैन। तर, थाइल्यान्डमा एउटा अजिंगरले निलिसकेको एउटा ठूलो कुखुराको भाले ओकलेको छ। थाइल्यान्डको पाथुम थानी शहरमा नट वाटान नाम गरेका मानिसले केही कुखुरा पालेका थिए। एक दिन उनको घरबाट दुईटा भाले हराए।

‘कुखुरा भाग्यो होला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘त्यत्तिकैमा छानोबाट एउटा लामो अजिंगर तल तुन्द्रुंग झुण्डिरहेको देखेँ। उसको पेट फुलेको देखेपछि यसैले मेरो भाले खाएको निश्चय गरी वन विभागका कर्मचारीलाई खबर गरेँ।’

वन विभागका कर्मचारीले आएर फलामको लौरो आदि प्रयोग गरेर अजिंगरलाई भाले ओकल्न लगाए। अन्ततः अजिंगरले भाले ओकल्यो। ‘तर, मेरो भाले मरिसकेको रहेछ। उसले एउटा भाले मात्रै खाएको रहेछ। अर्को भाले कता गयो, थाहा छैन,’ उनले भने।

अजिंगरलाई नियन्त्रणमा लिई वन विभागका अधिकारीले जंगलमा लगेर छोडिदिएका छन्। अजिंगरले शिकार निल्दै गरेको देख्दै आइएकोमा उसले भाले ओकल्दै गरेको दृश्य अहिले थाइल्यान्डमा भाइरल भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.