तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को शपथ ग्रहण समारोह

तस्बिरमा हेर्नुहोस् प्रदेश ५ को शपथ ग्रहण समारोह

बुटवल : निकै तामझामका साथ प्रदेश नम्बर ५ का सांसदले शपथ लिएका छन् । प्रदेश ५ को अस्थायी सदरमुकाम बुटवलमा ८७ मध्ये ८५ जना संसादले एकैसाथ शपथ ग्रहण गरेका हुन्। प्रदेश प्रमुख उमाकान्त झाले आझै पदभार ग्रहणगरेपछि शपथ स्थलमा पुगेर जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ खुवाएका थिए । जेष्ठ सदस्य पोखरेलले बाँकी ८४ जना सांसदलाई एकसाथ शपथ खुवाएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघको सभाहललाई सजिसजाउ बनाइएको थियो । बिहान साढे ११ बजेदेखि शुरु भएको सपथ समारोह झण्डै एकघण्टा चलेको थियो । शपथ समारोहमा रुपन्देहीबाट निर्वाचित प्रतिनिधिसभाका पाँचै सांसद तथा पूर्व सांसदहरु सहभागी थिए ।

शपथ समारोहमा न्यायलय, सुरक्षा निकाय, सरकारी कार्यालय, संघसंस्था, पत्रकारको बाक्लो उपस्थिति थियो । प्रदेश संसदको पहिलो कार्यक्रम भद्रगोल देखिएको थियो ।

निर्वाचन सकिएको लामो समयपछि शपथ खाएका प्रदेश संसद दौरा सुरुवाल, साडी र सांस्कृतिक पोशाकमा सजिएका थिए । मधेशी, थारु, जनजाति, महिला, खस आर्य सबै वर्ग समुदायका सांसद रहे पनि सांस्कृति झक्किने पोशाक लगाएका निकै कम सांसदहरु थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.