माओवादीसँग एकताका लागि एमालेले बनायो दुर्इ कार्यदल

माओवादीसँग एकताका लागि एमालेले बनायो दुर्इ कार्यदल

भक्तपुर: नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता गर्न दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले दुइटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ ।'

सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको बताए ।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उनले यसका लागि गृहकार्य गरी आ-आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा एमाले र माओवादी केन्द्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उनले अगाडि भने, 'यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलबारेमा अध्यक्ष ओलीले जानकारी गराउनुभएको छ ।'

त्यसैगरी बैठकले सात प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो । बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ । कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.