राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश २ मा उम्मेदवारी दर्ता हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश २ मा उम्मेदवारी दर्ता हुँदै

जनकपुरधाम  : राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ । उम्मेदवारी दर्ताको समय बिहान दश बजेदेखि राखिए पनि दलहरु दिउँसो एक बजेपछि मात्रै उम्मेदवारी दर्ता गराउन आएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट खुल्लामा जितेन्द्र देव र महिला तर्फ मुक्ता यादवले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी राजपाको तर्फबाट वृषेशचन्द्र लाल र रमेश प्रसाद यादवले उम्मेदवारी गराएका छन् ।

अन्य उम्मेदवारले भने फारम दर्ता गराइ नसकेको सहायक मुख्य निर्वाचन अधिकृत राधाकृष्ण झाले बताए । संघिय समाजवादी फोरमको तर्फबाट रामपृत पासवान र महिलातर्फ प्रमिला यादवले उम्मेदवारी दिने तयारी छ । वाम गठबन्धनबाट महिलामा शशिकला दहाल र खुल्लातर्फ एमालेका सुमन प्याकुरेलले उम्मेदवारी दिने चर्चा छ ।

राष्ट्रिय सभा सदस्यको लागि प्रदेश २ अन्र्तगत आठ जिल्लाका प्रदेशसभा सदस्यसहित १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिकाका मेयर, उपमेयर र ५१ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले मतदान गर्नेछन् । २ नम्बर प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि ३ सय ७९ जना मतदाता छन् ।

माघ २४ गतेको निर्वाचनमा २ नम्बर प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभामा निर्वाचित हुने छन् । जसमध्ये ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ अपांगता भएका सदस्यमा चुनिने छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.