यस्ताे छ नीताको आइटम गर्ल बन्ने दाउ
![यस्ताे छ नीताको आइटम गर्ल बन्ने दाउ](https://annapurnapost.prixacdn.net/media/albums/nita-5a6b0754574110.10120509_54GGVSurrY.jpg)
काठमाडौं : सुषमा कार्कीलाई ‘लुट’ फिल्ममा समावेश ‘उध्रेको चोली’ले यति चर्चित बनायो, साँच्चि भन्ने हो भने उनले यसैको ब्याज खाइरहेकी छिन्। यसै गरी ‘लुट २’ बाट एलिशा राईले नकल्पेको सफलता पाइन्। नितिन चन्दले बनाउने टुक्रे सिरियलमा रमाइरहेकी एलिशालाई यही गीतले अहिलेकी महँगी मोडल बनाइदिएको छ।
प्रियंका कार्कीले पनि आफ्नै फिल्मका हुन् वा अरूको फिल्मका आइटम टाइपका गीतमा अरू कसैलाई छेउ पर्न दिन्नन्। यही कारण नाच्ने कार्यक्रम भन्यो कि मान्छेले प्रियंकालाई सम्झन्छन्। आइटम गीतको यस्तो शक्ति देखेर नै होला नीता ढुंगाना पनि आइटम गीतमा लोभिएकी छिन्।
फिल्म ‘हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीतालाई कामुक हाउभाउका साथ नृत्य गर्दै गरेको देख्न सकिन्छ। बिचरा नीताले टपकी हिरोइन बन्न धेरै संघर्ष गरेकी छिन्। तर, भने जस्तो सफलता पाइनन्। यस्तोमा यत्रो वर्ष नभएको कुरा एउटा आइटमबाट कसरी होला ?
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)