प्रधानन्यायाधीश गोपाल पराजुलीले मार्ने धम्की दिएको भन्दै उजुरी
काठमाडौं : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन परेको छ ।
अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रा.डा. गोविन्द केसीको मुद्दाको विषयलाई लिएर प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । अधिवक्ता भण्डारीले सुरक्षाको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।