चार लाखले गरे क्यान इन्फोटेक अवलोकन
काठमाडौं : कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४ औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीको गत माघ ११ गते सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।
प्रदर्शनीको अन्तिम दिन पनि अवलोकनकर्ताको उत्तिकै उत्साह र सहभागिता रह्यो । मंगलबार मात्रै ९४ हजार तीन सय २६ जनाले इन्फोटेकको अवलोकन गरेका छन् । यस वर्ष तीन लाख ७६ हजारभन्दा बढीले इन्फोटेकको अवलोकन गरेको क्यान महासंघले जानकारी दिएको छ ।
मंगलबार रक्षामन्त्री भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, नेपाल उद्योग वाािण्ज्य महासंघकी अध्यक्ष भवानी राणालगायतले मेला अवलोकन गरे । ई–नेपाल निर्माणलाई मध्यरनजर गर्दै स्मार्ट टेक्नोलोजी र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर आयोजना गरिएको प्रदर्शनीमा विभिन्न कम्पनीले भिœयाएका नयाँनयाँ प्रविधि र उत्पादनले नेपालमा प्रविधिको विकास, विस्तार र प्रवद्र्धनमा टेवा पुर्याउने क्यानले विश्वास लिएको छ ।