फेवातालको झार सफा गर्न क्यानडाबाट ल्याइयो मेसिन
पोखरा : जलकुम्भी लगायत झार निकालेर फेवाताल सफा गर्न पोखरा महानगरपालिकाले करोडौँ मूल्य तिरेर मेसिन ल्याएको छ । क्यानडाबाट ल्याएको मेसिन बुधबार तालमा परीक्षणका लागि लगिएको छ ।
पोखरा महानगरपालिकाले १ करोड २५ लाख रुपैयाँमा मेसिन पोखरा ल्याएको हो । महानगरपालिका आफैँले ७६ लाख रुपैयाँ खर्च गरेको छ भने ५० लाख अन्तैबाट जुटाएको हो ।
‘प्लान्ट हार्भेस्टिङ’ नाम दिइएको मेसिनका लागि सांसद रवीन्द्र अधिकारीको पहलमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० लाख रुपैयाँ जुटाइएको महानगरपालिकाको वातावरण शाखाका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए ।