लिवियामा डुङ्गा दुर्घटना, ९० को मृत्यु, धेरै पाकिस्तानी परेको आशंका

लिवियामा डुङ्गा दुर्घटना, ९० को मृत्यु, धेरै पाकिस्तानी परेको आशंका

जेनेभा, स्वीट्जरल्याण्ड: लिवियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशङ्का गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ ।

'आज बिहान भूमध्यसागरको लिवियाली क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना समुद्रमा डुबेका प्रत्यक्षदर्शीले बताएका छन्,' अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को विज्ञप्तिमा भनिएको छ ।

दुई लिवियाली तथा आठ जना पाकिस्तानी नागरिक दुर्घटनास्थलबाट केही पर लिवियाली सामुद्रिक तटमा मृत अवस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो दुर्घटनामा धेरैजसो पाकिस्तानी परेको आशं‌का गरिएको छ। तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

दुर्घटनामा परेका दुई यात्रुले पौडेर ज्यान जोगाउन सफल भएका छन् । अर्का एकजनालाई माझीले उद्धार गरेका आइओएमले जनाएको छ । आइओएमले उक्त बाटो यात्राका लागि सुरक्षित नभएको पटक पटक चेतावनी दिँदै आएको छ ।

तर मध्य भूमध्यसागरीय बाटो नाम दिइएको यस क्षेत्र हुँदै यूरोप जाने आप्रबासीको सङ्ख्यामा कमी आएको छैन । यो लिबियालाई इटालीसँग जोड्ने आप्रबासीले प्रयोग गर्ने खतरनाक बाटो हो ।

सन् २०१८ को शुरुदेखि शुक्रबारको दुर्घटना पहिले नै यस क्षेत्रमा २१८ जना आप्रबासी शरणार्थीको मृत्यु भएको आइओएमले जनाएको छ ।

त्यसैगरी टर्की र ग्रीस जोड्ने पूर्वी बाटो भएर यूरोप पुग्ने शरणार्थी सङ्ख्या एक हजार ८९ जना रहेको र सन् २०१८ मा कसैको मृत्यु भएको खबर नभएको आइओएमले दिएको छ ।

पश्चिमी बाटो उत्तर अफ्रिका हुँदै स्पेन जाने क्रममा २८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने उक्त अन्तर्राष्ट्रिय निकायले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.