अन्नपूर्णका ग्राहक पनौतीका देवेन्द्र बने लखपति

अन्नपूर्णका ग्राहक पनौतीका देवेन्द्र बने लखपति

काठमाडौंः अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक योजना अन्तर्गत लक्की ड्रबाट विजेता बनेका बानेश्वरका रामकुमार खड्काले नगद एक लाख रुपैयाँ उपहार पाएका छन । फोटो कन्र्सनका सिईओ दिनेशराज अर्यालले शुक्रबार उपहार स्वरुप नगद एक लाख रुपैयाँको चेक उनलाई प्रदान गरेका हुन् । बिहीबार गरिएको लक्की ड्रबाट रसिद नम्बर ११५२० का उनी विजेता बनेका हुन् ।

त्यसैगरी काभ्रे पनौतीका देवेन्द्र हुँमागाईले नगद एक लाख रुपैयाँ उपहार जितेका हुन् । शुक्रबार अर्यालले गरेको लक्की ड्रबाट रसिद नम्बर १२३८६ का देवेन्द्र हुँमागाईले नगद एक लाख रुपैयाँ उपहार जितेका हुन् । हरेक दिन गरिने लक्की ड्र को एपिवान टेलिभिजनले प्रत्यक्ष प्रशारण गदै आइरहेको छ ।

‘ग्राहक योजनाकै माध्यमबाट हाम्रा पाठकको स्वस्थ जीवनको परिकल्पना साकार हुँदैछ’, सर्कुलेशन म्यानेजर मनोज बस्नेतले भने, ‘शनिबार बिहान क्यान्सरविरुद्धको सचेतना अभियानका लागि साइकल र्‍याली गदैछौं । ठूलो संख्यामा हाम्रा पाठकले सहभागीता जनाउनेछन् ।’

अन्नपूर्ण पोस्ट्ले देशभर संचालन गरिरहेको वार्षिक ग्राहक योजनामा सहभागी हुने पाठकले तीन हजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्नासाथ हातहातै इलेक्ट्रोनिक्स् ब्ल्ड प्रेसर मेसिन (बिपी मेसिन) उपहार पाउनेछन् । साथै हरेक दिन एकजना वार्षिक ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँसमेत उपहार पाउछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.