क्यान्‍सरविरुद्ध अन्‍नपूर्णको साइकल र्‍याली(फाेटाे फिचर)

क्यान्‍सरविरुद्ध अन्‍नपूर्णको साइकल र्‍याली(फाेटाे फिचर)

काठमाडौः अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली गरेको छ । क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले विगत तीन वर्षदेखि साइकल र्‍याली गर्दै आएको छ।

र्‍यालीको नारा ‘राइड फर लाइफ' रहेको छ । विगत तीन वर्षदेखि भइरहेको र्‍याली काठमाडौंको तीनकुनेस्थित अन्नपूर्ण कर्पोरेट टावरबाट सुरु भएको छ । तीनकुनेबाट सुरु भएको र्‍याली गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर हुँदै तीनकुनेमा आएर केहीबेरमा समापन भएकाे छ ।

र्‍यालीको उद्घाटन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरे । उद्घाटन समारोहमा बोल्दै क्षेत्रीले क्यान्सरविरुद्ध अन्नपूर्णले चालेको कदमको उच्च प्रश‌ंसा गरे । क्यान्सरको सचेतना देशव्यापी फैलाउन आवश्यक भएको उनको भनाइ छ । कार्यक्रममा नेपाल क्यान्सर फाउन्डेसनका चेयरमेन सुशील पन्तले सबै मिलेर क्यान्सरविरुद्ध सचेतना फैलाउन आवश्यक भएको बताए । क्यान्सर न्यूनिकरण गर्न सबै जागरुक हुनुपर्ने उनको भनाइ छ ।

क्यान्सरको पहिचान, उपचार र रोकथामका लागि जनचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभरी क्यान्सरविरुद्धको दिवस मनाइन्छ । अन्नपूर्ण मिडिया नेटवर्कले केही वर्षयता सर्वसाधारणलाई क्यान्सरविरुद्ध सचेत गराउन साइकल र्‍याली गर्दै आएको छ । अघिल्लो वर्षको र्‍यालीमा हजारौं साइक्लिस्ट उपस्थित थिए । नेटवर्कले यस वर्षदेखि पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण अभियानसमेत थालेको छ ।

  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.