बलिरहेको मैनबत्तीमाथि विद्यार्थीको हात राख्न लगाउँदा

बलिरहेको मैनबत्तीमाथि विद्यार्थीको हात राख्न लगाउँदा

एजेन्सी: एकजना शिक्षिकाले बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर विद्यार्थीहरुलाई यातना दिएकी छन् । भारतको पूर्वी प्रान्त झारखण्डस्थित एक निजी विद्यालयकी शिक्षिकाले विद्यार्थीहरुलाई यसरी यातना दिएको समाचार आएको हो ।

१३ जना विद्यार्थीलाई बलिरहेको मैनबत्तीको ज्वालामाथि हात राख्न लगाएर सजाय दिने एक प्रधानाध्यापिकाविरूद्ध अभिभावके प्रहरीमा उजुरी दर्ता गरेका छन्।

प्रधानाध्यापिका सुशान्ती हेमब्रोमले ९ वर्षका विद्यार्थीमध्ये सहपाठीकै पैसा चोरको कुरा पत्ता लगाउने नाममा यसरी यातना दिएकी हुन् ।

विद्यार्थीको हात जलाएको घटनाको भोलिपल्ट विद्यार्थीका अभिभावकहरुको गुनासोका आधारमा प्रशासनले उनलाई निलम्बन गरेको थियो ।

बीबीसी हिन्दीका अनुसार ती शिक्षिकाले दोषी विद्यार्थीले यातनाको डरले गल्ती स्वीकार्लान् भनेर त्यसरी दण्ड दिएको खुलेको छ । प्रधानाध्यापिकासँग डरका ती सबै विद्यार्थीहरुले जलिरहेको मैनबत्तीमाथि आफ्ना हात राख्दा डढेका थिए ।

मैनबत्तीको ज्वालामाथि हात राखेकामध्ये सातजनाको हात डढेर ठुला ठुला फोकान नै उठेको छ । प्रधानाध्यापिकाले मैनबत्तीको ज्वालामाथि हात राख्न लगाउँदा नराम्ररी पोलेपछि एक विद्यार्थीलाई अस्पताल नै भर्ना गर्नुपरेको छ ।

अस्पतालमा भर्ना भएका ती विद्यार्थी उपचारपछि बिहीवार घर फर्केका छन् । प्रधानाध्यापिकाले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले आफूबाट 'ठूलो भुल' भएको स्वीकार्दै विद्यार्थी र अभिभावकसँग माफी मागेकी छन् ।

भारतका विद्यालयहरुमा विद्यार्थीलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको छ। तर विद्यार्थीलाई त्यस्ता दण्ड दिएका घटना सार्वजनिक भइरहन्छन् । कतिपय स्थानमा विद्यार्थीलाई नाङ्गो बनाएर समेत सजाय दिने गरिन्छ।

उत्तर प्रदेशको एउटा विद्यालयले महिनावारीका क्रममा निस्कने रगत जाँच्न भन्दै मार्च २०१७ मा ७० जना १० वर्षका छात्रालाई एउटा आवासीय विद्यालयमा नग्न हुन लगाएपछि अभिभावकहरु आन्दोलित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.