अक्सिडेन्टल पब्लिक स्कूलले रजत जयन्ती मनायो

अक्सिडेन्टल पब्लिक स्कूलले रजत जयन्ती मनायो

काठमाडौं : अक्सिडेन्टल पब्लिक स्कूलले रजत जयन्ती मनाएको छ । २५ औं वर्ष प्रवेश तथा रजत जयन्तीको अवसरमा माघ १७ देखि २० सम्म आयोजना गरिएको खेलकुद महोत्सव सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धिप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भयो ।

विद्यार्थीहरूको चौतर्फी विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ प्रमुख अतिथि थिए । विद्यार्थीले आफ्नो अन्तस्करणदेखि नै खेल क्षेत्रलाई रुचाउने हो भने देशका असल खेलाडी विद्यालयले उत्पादन गर्ने कुरामा उनको जोड थियो ।

कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, रा.खे.प. तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल ओलम्पिक सङ्ग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठ, फिल्म निर्देशक राज्य राई, चलचित्र नायक आयुस रिजाल, त्रि.वि.वि. व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्मा, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, ओलम्पियन विमला रानाभाट विशेष अतिथि थिए । उक्त कार्यक्रममा फुटबल, क्रिकेट, खो—खो, दौड, लङ्जम, बास्केटबल, हेन्डबल, कबड्डी आदि खेल सञ्चालन गरिएको थियो । खेलकुदमा विजयी खेलाडीलाई अतिथिहरूले मेडल तथा ट्रफी वितरण गरे ।

चारदिनसम्म सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । राष्ट्रियता प्रदर्शन गर्ने खालका नृत्य, झाँकी तथा मार्च पासका साथ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

कार्यक्रममा सम्पूर्ण अतिथि, अभिभावक र सहभागीलाई ओ.पी.एस. स्पोर्टस काउन्सिलका अध्यक्ष श्री गोपाल पौड्यालले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै विद्यालयका निर्देशक श्री डी.बी. निरौलाले धन्यवाद ज्ञापन गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.