पत्रकार बेहुलाले आफ्नै बिहेलाई 'ब्रेकिङ न्युज' बनाएपछि...

पत्रकार बेहुलाले आफ्नै बिहेलाई 'ब्रेकिङ न्युज' बनाएपछि...

इस्लामाबाद: केही दिनयता सामाजिक सञ्जालमा एक पत्रकार हाँसोको पात्र बनिरहेका छन् । एकजना पाकिस्तानी पत्रकारले आफ्नै बिहेलाई 'ब्रेकिङ समाचार' सहित टेलिभिजनमा लाइभ गरेपछि उनी हाँसोका पात्र बनिरहेका हुन् ।

आफू कार्यरत च्यानलमा आफ्नै बिहेको समाचारलाई कुनै ठुलो घटना भएकै शैली यी पत्रकारले टेलिभिजनमा लाइभ प्रसारण गरेका थिए ।

यो घटना पाकिस्तानी सहर फैसलाबादमा भएको हो । जहाँ सी ४१ टिभी च्यानलका संवाददाता हनन बुखारी माइक लिएरै आफ्नो बिहेमा जन्तीसहित बेुहलीको घर पुगे । सामाजिक सञ्जालमा यो भिडियो अहिले भाइरल भइरहेको छ।

यो भिडियोमा ती पत्रकार दुलाहाको भेषमा छन् । उनी दुलाहाको भेषमै आफ्ना माता पिता, नवदुली पत्नी र सासूको अन्तरवार्ता पनि लिइरहेका छन् ।

यी पत्रकारले बेहुलाको भेषमा सजिएर हातमा टेलिभिजनको माइक समातेका थिए । माइक हातमा लिएर क्यामेरा सामू उभिएका यी पत्रकारले तत्कालै टेलिभिजनमा लाइभ गर्न थाले ।

'आज म आफ्नै बिहेमा उपस्थित भएको छु । जहाँ अहिले उभिएको छु, वहाँ मेरो बिहे भइरहेको छ', उनी भन्दै जान्छन्, 'यो मेरो लागि, मेरी पत्नी र दुवै परिवारका सदस्यका लागि एकदमै खुशीको कुरा हो ।

उनी त्यतिमै रोकिनेवाला थिएनन् । 'मैले प्रेम विवाह गर्दैछु । र यस लभ म्यारिजबाट मेरी पत्नी धेरै खुशी छिन् ।' त्यसपछि उनले सुरु गरे आफ्ना परिवारको सदस्यको अन्तर्वार्ता लिन । उनले आफ्नी नवदुलही, आफ्ना बाबु आमा र आफ्ना सासु र ससुराको पनि अन्तरवार्ता लिन सफल भए ।

भिडियोमा बेहुला पत्रकार आफ्नी नवदुलहीलाई सोध्छन्, 'आज तपाईँलाई मसँग बिहे गरेर कस्तो लागिरहेको छ ?' यति मात्रै होइन उनले सासूलाई समेत प्रश्न सोध्न भ्याएका छन् । सासूसँग प्रश्न गर्दै उनले भने, 'जी सासू आमा, तपाईँलाई भने कस्तो लागिरहेको छ ?'

यो भिडियो भाइरल भइसकेपछि माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्विटरमा फरक फरक प्रतिक्रिया आइरहेका छन् । जसमा मानिसले यी पत्रकारको तिखो आलोचना गरिरहेका छन् । कसैले पाकिस्तानी सञ्चारमाध्यमको खिल्ली पनि उडाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.