सुनको भाउ बढ्यो
काठमाडौं : सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँले बढेको छ । सुन शुक्रबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको हो । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको भाउ भने शुक्रबार स्थीर छ। चाँदी तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।