ओमानलाई नेपालले दियो एक सय ३९ रनको चुनौती
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले ओमानलाई एक सय ३९ रनको चुनौती दिएको छ। नामिबियाको एफज पार्क मैदानमा टस जिटेर फिल्डिङ रोजेको ओमानलाई नेपालले सामान्य चुनौती दिएको हो। ४६ ओभरमा एक सय ३८ रन बनाउँदै नेपाल अलआउट भयो।
नेपालका लागि सर्वाधिक २२ रन शरद भेषावकरले बनाए। दीपेन्द्रसिंह ऐरीले २० रन बनाए भने दिलिप नाथले १९ रन जोड्दा कप्तान पारस खड्का र सोमपाल कार्मीले १७ रन बनाए। नेपालका लागि आरके पौडेलले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। ओमानले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।