राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी सम्मान दिने सरकारको निर्णय
काठमाडौं : सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रती सम्मान दिने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि घिमिरेलाई मानार्थ सम्मान दिने निर्णय गरेको वनमन्त्री विक्रम पाण्डेले जानकारी दिए।
राष्ट्रमा विशिष्ट योगदान गर्नेलाई सरकारले यस्तो सम्मान प्रदान गर्दै आएको छ।