२५ फन्को घुमेपछि कतार एयरवेजको जहाज डाइभर्ट

२५ फन्को  घुमेपछि कतार एयरवेजको जहाज डाइभर्ट

काठमाडौँः भिजिबिलिटी कम भएपछि कतार एयरवेजको जहाज २५ फन्को लगाएर डाइभर्ट भएको छ । त्रिभुवन विमानस्थलमा बिहान पौने ११ बजे अवतरण गर्ने गरी दोहाबाट आएको क्युआर६५२ कलसाइनको जहाज कोलकातास्थित नेताजी सुवास चन्द्र बोस अन्तर्राष्ट्रिय एयरपोर्टमा डाइभर्ट भएको हो ।

त्यसैगरी बैंककबाट आएको थाइ एअरवेजको टीजी३१९ कलसाइन जहाज पनि अहिले आकाशमै होल्ड भएको छ । त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रिय टर्मिनलका एक ड्युटी अधिकृतले दिएको जानकारी अनुसार त्रिभुवन विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज डाईभर्ट भएका हुन् ।

पढ्नुस्: कतार एअरवेजको जहाज डेढ घण्टादेखि आकाशमै होल्ड

 

ती अधिकृतका अनुसार बिहानदेखि अहिलेसम्म ६ वटा जहाज डाइभर्ट भइसकेका छन् । एयर चाइनका दुई, जेट एअरवेजको एउटा, ड्रुक एअरवेजको एउटा उडान डाइभर्ट भएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि साधरणतया ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ । अहिले काठमाडौँको आकाशमा २ हजार मिटर मात्रै भिजिबिलिटी रहेको छ ।

पढ्नुस्: देशभर मौसम बदली : हिमपात र वर्षाको सम्भावना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.