केन्याले नेपाललाई दियो १७८ रनको चुनौती

केन्याले नेपाललाई दियो १७८ रनको चुनौती

काठमाडौँः नामिबियामा जारी आईसीसी विश्व क्रिकेट डिभिजन २ अन्तरत आफ्नो चौथो खेलमा नेपाललाई केन्याले १७८ रनको चुनौती दिएको छ । पुरै ५० ओभर खेलेको केन्याले ८ विकेटको क्षतिमा १७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको हो ।

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको दशौँ खेलमा केन्याले नेपालका लागि मध्यम चुनौती दिएको हो । केन्याको स्कोर सम्मानजनक अवस्थामा पुर्याउने क्रममा ओपनरहरुले सम्हालिएर खेले । केन्याका ओपनर करिमले १०० बलमा ४२ रन बनाए । त्यसैगरी अर्का ओपनर गतिलो पारी खेल्दै ४६ बलमा ४१ रनको योगदान दिए ।

केन्याका लागि को ओब्युयाले ६१ बलमा २७ रन बनाउँदा नटआउट रहेका ओडियाम्बोले ५७ बलमा २४ रनको योगदान दिए । त्यसैगरी अन्तिम क्रममा न्गोचेले १५ बलमा २३ रन बनाए ।

नेपालका लागि आज पनि सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ५ विकेट लिन सफल भए । १७ वर्षीय यी स्पिनरले केन्याका ५ विकेट झार्न सफल भए । नेपालले सन्दीप बलिङमा उत्रिएपछि मात्रै विकेट लिन सफल भएको थियो । नेपालका लागि सोमपाल कामी, शरद भेसवाकर र वसन्त रेग्मीले पनि एक एक विकेट लिन सफल भए ।

सन्दीपले पहिलो विकेटकारुपमा उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाएका थिए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भए । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । नेपालका लागि अर्को विकेटका रुपमा करिमलाई बसन्त रेग्मीले आउट गरिदिए । 

नेपालका लागि छैटौँ विकेट सोमपाल कामीले लिए । त्यसैगरी शरद भेशवाकरले सातौँ सफलता दिलाउने क्रममा केन्याका गुर्दिप सिंहको विकेट लिन सफल भए । उनले ४३ औँ ओभरको तेस्रो बलमा गुर्दिपलाई आउट गरे । उनले ओब्युयालाई ४२ ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए।

त्यसपछि ४४ ओभरको अन्तिम बलमा सन्दीपले नै एनएन ओडियाम्बोलाई पेभेलियनको बाटो देखाए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.