हिमपातले डोल्पाको जनजीवन प्रभावित

हिमपातले डोल्पाको जनजीवन प्रभावित

डोल्पा : सोमबार बिहानदेखि हिमपात भएको छ। हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ। वर्षासँगै हिमपात भएपछि जनजीवन पूर्णरुपमा प्रभावित भएको हो।

डोल्पा जिल्लाको ९० प्रतिशत भूभाग हिमपातले सेताम्य भएको छ। रेडियो लिङ्गको सोलारमा हिउँ जमेपछि डोल्पा जिल्ला सञ्चार बिच्छेद हुने खतरा बढेको छ।

करिब ४२ सय मिटरको उचाइमा रहेको रेडियो लिङ्ग सञ्चालनको लागि राखेको सोलारमा हिउँ जमेपछि सञ्चारबिहिन हुने संभावना देखिएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। हप्ता दिनदेखिको बादल र हावाहुरीले डोल्पाको न्यूनतमा तापक्रम माइनसमा झरेको छ।

मोबाइल सेवालगायत इन्टरनेट र पियसटिएन फोनहरु सबै रेडियो लिङ्गमा जडित भएका कारण पावरमा समस्या आएपछि सबै सेवाहरु बन्द हुने संभावना रहेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। हिमपात पछि सञ्चारबिहिन भयो भने हिमपातका कारण हुनसक्ने घटनाहरु सहजै समाधान गर्न नसकिने देखिन्छ।

dolpa-snow1

बाक्लाे हिमपातले सिताम्मे भएकाे डाेल्पा ।तस्बिर : टेकबहादुर शाही

खेतिको लागि राम्रो हुने भन्दै कृषक भने उत्साहित भएका छन। यति बेला परेको हिउँ र पानीले मलको रुपमा काम गर्ने भन्दै निकै राम्रो लक्षण भएको ठुलीभेरी नगरपालिकाका कृषक कमलबहादुर क्षेत्रीले बताए। उनले भने,' हिमपातले कृषकलाई राहत दिन्छ किनकी डोल्पाको जमिन सुख्खा छ यसले ओसिलो बनाउँछ।'

तल्लो डोल्पाका कृषक हिमपात र वर्षासँगै खुसि मनाउँदै गर्दा माथिल्लो डोल्पाका स्थानीय भने दुखित छन्। बिहानैदेखि परेको हिमपात झण्डै एक फिटसम्म पुगेको स्थानीयहरु बताउँछन्। साल्दाका चौरी गोठाला क्याल्जेन गुरुङले भने,' हाम्रा लागि हिमपात प्राकृतिक विपत्ती भइदिन्छ, हिउँपहिरोले लाखौको क्षति हुने गर्दछ।'

सोमबार रातभर हिमपात भइरहे सदरमुकाम दुनैमा पनि धेरै हिउँ जम्ने अनुमान गरिएको छ। हाल दुनै र त्रिपूराकोटबाहेक जिल्लाको सबै क्षेत्रमा भारी हिमपात भइरहेको स्थानीयले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.