पार्टी एकता टुंग्याउन वाम प्रवासीको आग्रह

पार्टी एकता टुंग्याउन वाम प्रवासीको आग्रह

नयाँ दिल्लीः नेपालमा स्थिर सरकार र अािर्थक विकासका लागि वाम गठबन्धनको एकीकरण टुंग्याउन भारतमा सक्रिय जनवर्गीय संगठनले आग्रह गरेका छन् ।

पार्टी एकता निष्कर्षमा नपुगेको अवस्थामा एमाले निकट प्रवासी नेपाली संघ भारत र माओवादी केन्द्र निकट अखित भारत नेपाली एकता मञ्चले पार्टी एकता कुनै पनि हालतमा बिथोलिन नहुने आह्वान गरेका हुन् ।

भारतको हरियाणा राज्यस्थित फरिदावादमा आयोजित एक कार्यक्रममा वाम गठबन्धनलाई प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनामा जनताले दिएको समर्थनको कदर गर्दै पार्टी एकता सफल बनाउन दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन् ।

मुलुकमा स्थायी सरकारको आवश्यकता औल्याउँदै प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले अन्नपूर्णसँग भने, ‘वाम गठबन्धनले पाएको जनतमत पनि त्यसैका लागि हो । अब पार्टी एकता टुंग्याउनुपर्छ । ’

सबै कम्युनिस्ट पार्टी मिल्ने बेला आएको भन्दै भण्डारीले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुरामा भटराई, मोहन वैद्य, नेत्रविक्रम चन्द, चित्रबहादुर केसी लगायत नेतासमेत वाम गठबन्धमा सहभागी हुनुपर्ने उनले बताए ।

माओवादीका केन्द्रीय सचिवालय सदस्य लक्ष्मण पन्तले पार्टी एकताबाट पछि फर्किने छुट नरहेको बताए । उनले भने, ‘समृद्ध नेपाल बनाउन प्रवासी नेपालीको पनि चाहना रहेको छ । त्यसका लागि पार्टी एकता हुनुपर्छ ।’

पार्टी एकीकरणलाई विदेशी शक्तिले भन्दैमा तुहाउन नहुनेमा दुवै पार्टीका अध्यक्ष सचेत हुनुपर्ने माओवादी निकट मञ्चका केन्द्रीय सचिव आरबी खडकाले बताए ।

२३ औं जनयुद्ध दिवस, वाम गठबन्धको विजयोत्सव तथा पार्टी एकीकरणको स्वागतका लागि फरिदावादमा भएको कार्यक्रममा नयाँ दिल्ली तथा एनसिआर क्षेत्रका पार्टी सदस्य सहभागी थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.