भक्तपुरमा फेरि महिला बलात्कारको उजुरी दर्ता

भक्तपुरमा फेरि महिला बलात्कारको उजुरी दर्ता

भक्तपुर : भक्तपुरमा फेरि एक महिला बलात्कृत भएकी छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार गत पुस २९ गते भक्तपुर नगरपालिका –१० बेखाल निवासी २३ वर्षीय अञ्जन अवालले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाका अभिभावकले आइतबार प्रहरीकहाँ उजुरी दिएका हुन् ।

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले अञ्जनले ती महिलालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्दै अभिभावकले प्रहरीकहाँ जाहेरी दिएको बताए ।

उक्त उजुरीपछि प्रहरीले सोमबार नै अञ्जनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । प्रहरीले अञ्जनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडी बढाई थप अनुसन्धान भइरहेको छ ।

यसअघि भक्तपुर नपा–१० कमलविनायकमै एक पाँच वर्षीया बालिका बलात्कृत भएकी थिइन् । त्यस्तै चाँगुनारायण नपास्थित दुई इँटाभट्टामा फरक फरक समयमा एक महिला र एक युवती पनि बलात्कारको सिकार भएका थिए ।

यसैगरी सूर्यविनायक नगरपालिका –५ सृजनानगरमा एउटै कोठामा दुई युवकले दुई बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीकहाँ उजुरी परेको थियो । भक्तपुर प्रहरीले ती सम्पूर्ण घटनामा संलग्न पुरुषलाई नियन्त्रणमा लिई कानुनी प्रक्रियाअनुसार अनुसन्धान कार्य अघि बढाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.