परिवारले जिउँदै जलाएको १० दिनपछि हजराको निधन

परिवारले जिउँदै जलाएको १० दिनपछि हजराको निधन

जनकपुरधामः घरपरिवारबाटै जिउँदै जलाइएकी २० वर्षीया हजरा खातुनले उपचारको क्रममा सोमबार प्राण त्यागेकी छिन् । काठमाडौंको कीर्तिपुर अस्पतालमा सोमबार दिउँसो उनको मृत्यु भएको परिवारजनले जानकारी गराएका छन् । श्रीमानसँग सम्बन्ध विच्छेद गर्न नमान्दा उनलाई मट्टीतेल खन्याएर घरमै जलाइएको थियो ।

धनुषाको क्षिरेश्वरनगरपालिका ८ हार्सरकी हजरालाई माघ २० गते विहान ९ बजे श्रीमान रसिदसहित सासुससुराले मिलेर घरमै मट्टीतेल जिउँमा खन्याएर आगो लगाएको आरोप माइतपक्षको रहेको छ ।

पढ्नुस्: सम्बन्ध बिच्छेद गर्न नमान्दा कोठामा थुनेर मटितेल छर्केर जलाइयो

 

उनलाई प्रहरीले घरबाट जल्दै गर्दा उद्धार गरि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको थियो तर, यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं किर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । जलाइएको दश दिनपछि उनको मृत्यु भएको हो । उनको टाउको भन्दा तलको शरीको सम्पूर्णभाग जलेको थियो ।

घटनापछि हजराले आफुलाई पति रसिद राइन, ससुरा अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन मिलेर जिउँमा मट्टी तेल छर्की आगो लगाएको बयान दिएकी थिइन् ।

घटना पश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका २० देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरि खातुन र नन्द जाहिर खातुन माथि जाहेरी दिएकी छिन् ।

छोरीको मृत्यु भएको सुन्दा स्तब्ध भएका बुवा सकुर राइनले आफ्नो छोरीको हत्यामा संलग्न भएका सबैमाथि कार्वाही हुनुपर्ने मांग गरेका छन् । प्रहरीले हालसम्म हजराकी श्रीमान रसिदलाई मात्रै पक्राउ गरेको छ । रसिदमाथि प्रहरीले ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.