केन्याविरुद्ध नेपालको रोमाञ्चक जित

केन्याविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तरगतको सोमबारको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी केन्यालाई पराजित गरेको छ ।

१७८ रनको चुनौती पछ्याएको नेपालले ४९.५ ओभरमा ७ विकेट गुमाउँदै केन्याले दिएको लक्ष्य भेटाएको हो । नेपाललाई जिताउने क्रममा सोमपाल कामीले अन्तिम बलमा रन बटुले ।

नेपाललाई जिताउने क्रममा आरके पौडेलले ८५ बलमा सर्वाधिक ४७ रन बनाए । कप्तान पारस खड्काले ४४ बलमा ४२ रनको योगदान दिए । त्यसैगरि अरिफ शेखले ८२ बलमा ४२ रनको योगदान गरे ।

यो जितसँगै नेपालले डिभिजन वान मा उक्लिने सम्भावना बढाएको छ । अब प्रतियोगिताको अन्तिम खेल नेपालले क्यानाडासँग खेल्दैछ । यो जितले नेपालको विश्वकप खेल्ने सम्भावना पनि बढेको छ। 

त्यसैगरी नेपालका लागि शरद भेशवाकरले ५७ बलमा १९ रन बनाउन सफल भए । केन्याका लागि इबी रिंगेराले सर्वाधिक तीन विकेट लिए । नेपालको बलिङतर्फ युवा स्पिनर सन्दीप लामिछानेले केन्याका ५ विकेट झारे ।

पढ्नुस्: सन्दीपको शानः एक्लैले झारे केन्याका पाँच विकेट

 

नामिबियाको विन्डहोक क्रिकेट ग्राउन्डमा भएको प्रतियोगिताको दशौँ खेलमा केन्याले नेपालका लागि मध्यम चुनौती दिएको थियो । उसका लागि स्कोर सम्मानजनक अवस्थामा पुर्याउने क्रममा ओपनहरुले सम्हालिएर खेले ।

केन्याका ओपनर करिमले १०० बलमा ४२ रन बनाए । त्यसैगरी अर्का ओपनर गतिलो पारी खेल्दै ४६ बलमा ४१ रनको योगदान दिए । केन्याका लागि को ओब्युयाले ६१ बलमा २७ रन बनाउँदा नटआउट रहेका ओडियाम्बोले ५७ बलमा २४ रनको योगदान दिए । त्यसैगरी अन्तिम क्रममा न्गोचेले १५ बलमा २३ रन बनाए ।

नेपालका १७ वर्षीय स्पिनर सन्दीपले पाँच विकेट लिने क्रममा उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पहिलो विकेटका रुपमा पेभेलियनको बाटो देखाए । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८.४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३.१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भए ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए ।

केन्याले पुरै ५ ओभर खेलेको अवस्थामा नेपालका लागि अन्तिम अर्थात् आठौँ विकेटका रुपमा सन्दीपले नै एनएन ओढियाम्बोलाई पेभेलियनको बाटो देखाइदिए । नेपालका लागि अन्य एक-एक विकेट वसन्त रेग्मी, शरद भेशवाकर र सोमपाल कामीको नाममा रह्यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.