स्वर्गीय ओलम्पियन सुनिललाई गजराज आदर्श स्मृति सम्मान

स्वर्गीय ओलम्पियन सुनिललाई गजराज आदर्श स्मृति सम्मान

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ओलम्पियन सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी पुरस्कारबाट सम्मान गरेको छ। संघले पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज जोशी आदर्श खेलाडी सम्मान’ मरणोपरान्त भारोत्तोलनका खेलाडी एवं प्रशिक्षक सुनिललाई प्र्रदान गरेको हो।

गजराज जोेशी ट्रस्टले प्रायोजन गरेको उक्त सम्मानको पुरस्कार राशि २५ हजार रुपैयाँ रहेको छ। सन् १९८४ को पहिलो दक्षिण एसियाली खेलकुद (साग)देखि छैटौंबाहेक सातौंसम्म लगातार सहभागी सुनिलले हरेकपटक पदक जितेका थिए। उनले सागमा मात्र नेपाललाई सर्वाधिक १३ पदक दिलाएका थिए। टोखा नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा संघले गत वर्ष पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३५ वटा खेलका एक÷एकजना खेलाडीलाई एनएनआईपीए उत्कृष्ट खेलाडी पुरस्कार-२०७३ बाट सम्मानित गरेको छ।

सम्मानित हुनेमा फुटबलका किरण चेम्जोङ, क्रिकेटका पारस खड्का, भलिबलकी प्रतिभा माली, कराँतेका परशुराम बास्तोला, टेबुलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी अस्मिता राई, बक्सिङका सुनिल थापा, भारोत्तोलनका दिनेश थापा, जिम्न्यास्टिकका राजु राई, लनटेनिसकी मायंका राणा, कबड्डीका विजयकुमार चन्द, सफ्ट टेनिसका प्रदीप खत्री, ह्यान्डबलकी उमा राई, साइक्लिङका राजेश मगर, हक्कीका प्रदीप राजवंशी, बुद्धिचालका मदनकृष्ण कायस्थ र स्क्वासका अरहन्तकेशर सिंह छन्।

यसैगरी ब्याडमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सदीश प्रधान, फुलकन्ट्याक्ट कराँतेकी शुस्मी श्रेष्ठ, आईटीएफ तेक्वान्दोकी तुलसा राजथला, सेपाकताक्रोका अनिल गुरुङ, खोखोकी दिलकुमारी तामाङ, शारीरिक सुगठनका महेश्वर मर्हजन, स्नुकरका दीपक मगर, तेक्वान्दोकी रेजिना कार्की, उशुकी नीमा घर्तीमगर, जुडोकी फुपुल्हामु खत्री, आर्चरीका प्रेमप्रसाद पुन, पौडीका शिरीष गुरुङ, एथलेटिक्सकी कान्छीमाया कोजू, फेन्सिङका सन्दीप लामा, गल्फका शुक्रबहादुर राई, ट्रायथलनका वसन्त थारू र कुस्तीका सरोज यादव पनि सम्मानित भए।

उत्कृष्ट खेलाडीले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे। खेलाडी संघले सम्बन्धित खेल संघको सिफारिसका आधारमा पुरस्कार प्रदान गरेको हो। यसैगरी खेलाडी संघले यो वर्षबाट सुरु गरेको एनएनआईपीए पत्रकारिता पुरस्कार वरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरेको छ। पुरस्कारको राशि १५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ। खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामाटेन्डी शेर्पा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे।

 




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.