बेलायती मन्त्रीलाई ओलीको प्रश्नः गोर्खाहरुमाथिको विभेद कहिलेसम्म ?

बेलायती मन्त्रीलाई ओलीको प्रश्नः गोर्खाहरुमाथिको विभेद कहिलेसम्म ?

काठमाडौंः नेपाल भ्रमणमा रहेका बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्ट र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलमा भएको भेटमा ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई हालैको निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाई र भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ।

मन्त्री ल्यानकाष्टरले यसपटको चुनावी परिणामले नेपालमा स्थिर सरकारको सम्भावना देखिएकोले बेलायत नेपालमा थप लगानी गर्न उत्साहित रहेको बताएका छन् ।

‘स्थिर राजनीतिक परिस्थितिका कारण नेपालमा लगानीमैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ’ ल्यानकाष्टरले ओलीसँग भनेका छन् । भेटका क्रममा अध्यक्ष ओलीले राज्यमन्त्री ल्यानकाष्टरलाई धन्यवाद दिँदै विगतमाझैं नेपालको विकासका विविध क्षेत्रमा बेलायत सरकारको सहयोग जारी रहने अपेक्षा गरेको बताए ।

अध्यक्ष ओलीले बेलायती सेनामा काम गर्ने सैनिकहरुलाई हुने गरेको विभेदबारेमा पनि राज्यमन्त्री ल्यानकाष्टरसँग जिज्ञासा राखेका थिए । उनले यो विभेदको चाँडो अन्त्य हुनुपर्ने पनि बेलायती मन्त्रीसँग आग्रह गरेका थिए ।

त्यसपछि राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्षदेखिको कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधाबारेमा गठित संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगतिबारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.