एक महिनापछि फरार अभियुक्त पक्राउ
भक्तपुर : बलात्कारको आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि मंगलबार पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका १० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए ।
अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो । रासस