प्रदेश २ को सभामुखमा सरोजकुमार निर्विरोध

प्रदेश २ को सभामुखमा सरोजकुमार निर्विरोध

जनकपुरधामः प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय जनता पार्टीका सरोज कुमार यादव निर्विरोध निर्वाचित हुने भएका छन् । सभामुखको उम्मेदवारीका लागि मंगलबार यादवले मात्र मनोनयन दर्ता गराएको हुनाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

प्रदेशसभा सचिवालयले सभामुखको मनोनय दर्ताका लागि मंगलबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको थियो ।

यस अवधिमा यादवको मात्रै प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव वंशीराज पौडेलले जानकारी दिएका छन् । यादवका प्रस्तावकमा राजपाका प्रदेशसभा सदस्य जितेन्द्र सोनल र समर्थकमा संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत रहेका छन् ।

सभामुखमा यादवको मात्रै उम्मेदवारी दर्ता भएपनि बुधबार बस्ने प्रदेशसभाको बैठकबाट मात्र उनि निर्वाचित भएको औपचारिक घोषणा गरिने छ ।

प्रदेश नम्बर २ मा गठबन्धनको सरकार बनाउन गइरहेको संघीय समाजवादी फोरम र राजपा नेपालबीच मुख्यमन्त्री फोरम र सभामुख राजपालाई दिने सहमति भएको हो । यस सहमति अनुसार राजपाले सभामुखमा यादवलाई प्रस्तावित गरेको हो ।

बुधबारको प्रदेशसभाको बैठकमा सभामुखकलाई निर्वाचित गर्ने तथा उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने कार्यसूची रहेको छ ।

प्रदेश २ मा २९ सीटमा जितेको फोरम तथा राजपाको २५ वटा सीट भएको कारण सहज बहुमत रहेको बुझ्दै अन्य दलले सभामुखमा उम्मेदवारी दिएका छैनन् । पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका यादव बारा जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.