नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता

नेपालले क्यानडालाई हराउनैपर्ने बाध्यता

काठमाडौँ: आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने भएको छ ।

आयोजक नामिबियाले केन्यालाई ८ विकेटको फराकिलो अन्तरले हराएसँगै नेपालले आफ्नो अन्तिम खेलमा क्यानडालाई हराउनैपर्ने भएको हो ।

केन्यालाई हराएपछि नामिबिया नेट रनरेटको आधारमा तालिकाको दोस्रो स्थानमा उक्लिएसँगै नेपालमाथि शीर्ष स्थानमा रहेको क्यानडालाई हराउनै पर्ने दबाब बढेको हो ।

बलिङ र ब्याटिङ दुवैमा गतिलो प्रदर्शन गरेको नामिबियाले केन्याविलाई केबल ११० रनमा सीमित मात्रै गरेन, मात्रै १६ ओभर खेले २ विकेटको क्षतिमा जित पनि पक्का गर्‍यो ।

नामिबियाको यो जितपछि बुधबारमात्रै विश्वकप छनोटका लागि पुग्ने टिम तय हुनेछन् । आयोजक नामिबियालाई पहिलो खेलमा पराजित गरेको नेपालले अन्तिम खेल पनि जितेमा मात्रै विश्वकप छनोट यात्रा पक्का हुने भएको हो ।

नेपालले यसअघि पहिलो खेलमा नामिबियालाई हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्सलाई नेपालले हराएको थियो । अब अन्तिम खेलमा पनि नेपालले नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ ।

क्यानडा, नामिबिया र नेपालले अहिलेसम्म समान ६-६ अंक बटुलेका छन् । युएईले भने ४ अंक बटुलेको छ । यस्तोमा नेपाल शीर्ष स्थानको क्यानडासँग भिड्दैछ भने नामिबियाले युएईसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप छनोटमा स्थान बनाउन नेपालले क्यानडालाई हराए पुग्छ ।

यदि क्यानडाले जित्यो भने नेपालले घरको बाटो लिनेछ । भोलिको खेलमा हारेमा नेपालले नेट रनरेटको सानो आशा मात्रै गर्न सक्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.