सिमरा गोल्डकपः साविक विजेता संकटा वीरगन्जसँग स्तब्ध

सिमरा गोल्डकपः साविक विजेता संकटा वीरगन्जसँग स्तब्ध

सिमरा: कप्तान अमर डंगोलको उत्कृष्ट एक मात्र निर्णायक गोलको मद्धतले वीरगन्ज युनाइटेड क्लब रुस्लान नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा मंगलवार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा साविक विजेता संकटा क्लब बीरगन्जसँग स्तब्ध बन्यो । प्रतिस्पर्धात्मक खेलको १६औं मिनेटमा बीरगन्जका अमर डंगोलले गरेको गोलनै निर्णायक बन्न पुगेको थियो ।

वीरगन्जको जितसँगै प्रतियोगितामा सेमिफाइलनको समिकरण पुरा भएको छ । यसअघि रुस्लान थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ फूटवल क्लब अन्तिम चारमा प्रवेश गरिसकेका छन् । वीरगन्जले फाइलन प्रवेशका लागि त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दा थ्रीस्टारले मोरङसँग भिडन्त गर्नेछ ।

देशका विभिन्न प्रतियोगितामा सहभागी हँुदा राम्रो प्रदर्शन गर्दै आएको डिफेण्डिङ च्याम्पियन संकटाका खेलाडीले सिमरा रंगशालामा लय गुमाउँदा पहिलो खेलबाटै घर फर्कन बाध्य भयो ।

सुरुवातदेखि आक्रामक देखिएको वीरगन्जलाई रोक्न संकटाले पहिलो हाफमा निकै संघर्ष गर्नुप¥यो । वीरगन्जले खेलको पहिलो मिनेटदेखि अवसरको सिर्जना गरेको थियो ।

खेलको सुरुवातमै वीरगन्जका निशान लिम्बूको क्रसलाई विशाल राईले सदुपयोग गर्न सकेनन् । झण्डै पाँच हजार घरेलु दर्शकको समर्थन पाएको वीरगन्जले उच्च मनोबलका साथ प्रदर्शन गर्दा संकटाका खेलाडी तालमेलको खोजीमा देखिन्थे । उत्कृष्ट प्रदर्शन देखाएको वीरगन्जका अमर डंगोलले १६औं मिनेटमा संकटाका गोलरक्षक बिनय श्रेष्ठको कमजोरीको फाइदा उठाउँदै आकर्षक गोल गरे ।

विशाल राईले प्रहार गरेको बल बिनयले नियन्त्रणमा लिन नसक्दा रिबाउण्ड भएको बलमा अमरले भलि गर्दै बललाई जाली चुमाएका थिए । त्यसलगत्तै घाइते भएर अमरले मैदान छाड्नुपरेको थियो । अमरको स्थानमा वीरगन्जका गोलरक्षक दिलिप क्षेत्रीले कप्तानी सम्हालेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.