डिभिजन २ क्रिकेट : जित्नै पर्ने दबाबमा नेपाल

डिभिजन २ क्रिकेट : जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत महत्वपूर्ण खेलमा नेपालले बुधबार क्यानडाको सामना गर्दैछ।

क्यानडाविरुद्धको खेल यति महत्वपूर्ण छ कि यसको नतिजाले नेपाली क्रिकेटको भविष्यले नयाँ बाटो तय गर्नेछ। जितले नेपाली क्रिकेटलाई थप उचाइतर्फ डोहोर्‍याउनेछ। हारले नेपाली क्रिकेटको यात्रा फेरि रोकिन सक्नेछ। खेल दिउसो सबा १ बजे पछि हुनेछ।

लिगको अन्तिम चरणको खेलअघि क्यानडा, आयोजक नामिबिया र नेपाल समान तीन जितबाट ६/६ अंकसहित नेट रन रेटका आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। अब नेपाल, क्यानडा, नामिबियासहित संयुक्त अरब इमिरेट्स (यूएई)को मात्रै जितसहित प्रतियोगिताको शीर्ष दुईभित्र अटाउने सम्भावना रहेको छ।

प्रतियोगिताको शीर्ष दुईभित्र अटाउने टोली डिभिजन एकमा बढुवा हुनुका साथै सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि आगामी मार्चमा जिम्बाब्वेमा हुने अन्तिम चरणको छनोट प्रतियोगिताका लागि पनि छानिनेछ।

डिभिजन एकको बढुवाले नेपाललाई आगामी चार वर्ष उच्चस्तरको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर दिनेछ। डिभिजन एकमा उक्लन असफल हुनु नेपालले सो अवसर गुमाउनु हो। बुधबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दा अर्काे खेलमा नामिबियाले यूएईसँग प्रतिस्पर्धा गर्नेछ। नेपालको पराजयले क्यानडा र नामिबिया र यूएईमध्ये विजेता टोली शीर्ष दुईमा पुग्नेछन्। त्यसैले डिभिजन एकको यात्रा तय गर्न नेपाललाई कुनै पनि अवस्थामा क्यानडाविरुद्ध जितको विकल्प हुनेछैन।

पछिल्लोपटक सन् २००७ र २०११ को विश्वकप क्रिकेट खेलिसकेको क्यानडा पछिल्लो समय पुरानै लयमा छैन। यद्यपि जारी प्रतियोगितामा उसले सशक्त प्रदर्शन गरिरहेको छ। क्यानडा प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान भएको टोली हो। त्यसैले बलिङमा बलियो देखिएको नेपाल र क्यानडाबीचको प्रतिस्पर्धालाई बलिङ र ब्याटिङको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

जारी प्रतियोगितामा क्यानडाका प्रारम्भिक ब्याट्सम्यान रुभिन्दु गुनसेकेरा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन् भने नेपालका युवा स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचीको शीर्ष स्थानमा छन्।

नेपाल र क्यानडा परिचित टोली हुन्। नेपालले यसअघि क्यानडासँग दुईपटक प्रतिस्पर्धा गरिसकेको छ, जसमध्ये पछिल्लो भेटमा नेपालले जित हात पारेको छ। सन् २०१४ को सुरुआतमै भएको विश्वकप छनोट खेलमा नेपालले क्यानडासँग १२ रनको पराजय बेहोरेको थियो। त्यसपछि सन् २०१५ को जनवरीमा नामिबियामै भएको डिभिजन दुई प्रतियोगितामा भने नेपालले क्यानडालाई सात विकेटले पराजित गरेको थियो।

बुधबारको खेलमा अघिल्ला खेलको नतिजाले अर्थ नराख्न सक्छ। डिभिजन एकको बढुवा तथा विश्वकप छनोटमा स्थान सुरक्षित गर्न नेपाललाई कुनै पनि अवस्थामा जित आवश्यक छ। त्यसका लागि बलियो ब्याटिङ भएको क्यानडाविरुद्ध नेपाललाई राम्रो बलिङ गरेर मात्रै पुग्नेछैन। जारी प्रतियोगितामा निकै संघर्ष गरेको नेपालको ब्याटिङ पनि चल्नु पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.