नेपाललाई पाँचौ सफलता : करण केसीले लिए पाँचौं विकेट

नेपाललाई पाँचौ सफलता : करण केसीले लिए पाँचौं विकेट

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ। नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ।

३५ औं ओभरमा नेपालले पाँचौं विकेट लिएको छ। करण केसीले नेपालका लागि पाँचौं विकेट लिएका हु। यसअघि २६ ओभरको चौथो बलमा नेपाललाई चौथो सफलता प्राप्त भएको थियो। क्यानडाका एमएस धलिवाललाई २६ बलमा चार रनमै बसन्त रेग्मीले आउट गरेका हुन्।

यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले क्यानडाका डिएन पथिरानालाई आउट गरेर नेपालका लागि तेस्रो विकेट लिएका थिए। पथिरानाले ११ बलमा दुई रनमा सन्दीपले आउट गरेका हुन्।

यसअघि नै ब्याटिङ लाइनअप बलियो रहेको क्यानडालाई १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको थियो। नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए। सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन्। दोस्रो विकेटका रुपमा क्यानडाका कप्तान नितिशकुमार आउट भएका छन्।

यसअघि १० ओभरमा नेपालले पहिलो सफलता स्वरुप पहिलो विकेट लिएको थियो। बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए। गुनासेकरा २४ बलमा ९ रनमै आउट भएका थिए।

३५ औं ओभरको समाप्तिमा क्यानडाले पाँच विकेटको क्षतिमा १३४ रन बनाएको छ।

टस जितेर क्यानडाविरुद्ध बलिङमा नेपाल

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.