नेपालले पायो एक सय ९५ रनको चुनौती

नेपालले पायो एक सय ९५ रनको चुनौती

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई एक सय ९५ रनको चुनौती दिएको छ।

नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडाले पूरै ओभर खेल्दै एक सय ९४ रन बनाएको हो। क्यानडाका लागि सर्वाधिक श्रीमन्थ विजेरत्नले एक सय ५२ बलमा १०३ रन बनाए। ओपनर ब्याट्सम्यान श्रीमन्थ नटआउट शतकीय पारी खेल्न सफल भएका हुन्।

क्यानडाले पूरा ओभर खेल्दा नेपालले आठ विकेट लियो । अन्तिम विकेट नेपालले ४४ ओभरको दोस्रो बलमा लिएको हो । बसन्त रेग्मीले ४४ औँ ओभरमा विकेट लिएपछि नेपालले थप विकेट लिन सकेन । बसन्त रेग्मीले नै ४२ औँ ओभरमा सातौं विकेट लिएका थिए ।

त्यसअघि ४१ औँ खोभरको समाप्तिमा नेपालले छैटौं विकेट लिएको थियो । ४१ ओभरमा शरद भेषावकरले नेपालका लागि छैटौं विकेट लिए । यसअघि ३५ औं ओभरमा नेपालले पाँचौं विकेट लिएको थियो । करण केसीले नेपालका लागि पाँचौं विकेट लिएका थिए । २६ ओभरको चौथो बलमा नेपाललाई चौथो सफलता प्राप्त भएको थियो । क्यानडाका एमएस धलिवाललाई २६ बलमा चार रनमै बसन्त रेग्मीले आउट गरेका थिए ।

१७ औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले क्यानडाका डिएन पथिरानालाई आउट गरेर नेपालका लागि तेस्रो विकेट लिएका थिए ।

क्यानडाले १३ ओभरका दोस्रो बल खेल्दा दुई विकेट गुमाएको थियो । नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिएका थिए । सन्दीप लामिछानेको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका थिए ।

१० ओभरमा नेपालले पहिलो विकेट लिएको थियो । बसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेर पहिलो विकेट लिएका थिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ । डिभिजन १ मा पुग्न नेपालले आजको खेल जित्नै पर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.