१९५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात : पारस र ज्ञानेन्द्र आउट

१९५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात : पारस र ज्ञानेन्द्र आउट

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानडाले नेपाललाई दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ।

नामिबियामा जारी जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि पाएको लक्ष्य पछ्याउने क्रममा नेपालले ६ ओभरमै भरपर्दा ब्याट्सम्यान गुमाएको छ। नेपालका ओपनर ब्याट्सम्यान कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन्। दुवै भरपर्दा ब्याट्सम्यान सातौ ओभरको पाँचौँ र छैटौं बलमा आउट भएका हुन्।

ज्ञानेन्द्र ९ रन बनाएर आउट भए भने कप्तान पारस खड्का शून्य रनमै डकआउट भए। १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४७ रन बनाएको छ।

अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरी र दिलीप नाथले ब्याटिङ गरिराखेका छन्।

नेपालले पायो एक सय ९५ रनको चुनौती


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.