दाम्पत्य जीवन सफल बनाउनुपर्नेमा जोड

दाम्पत्य जीवन सफल बनाउनुपर्नेमा जोड

काठमाडौं :  प्रणय दिवसमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाम्पत्य जीवन सफल बनाउन जोड दिएका छन् । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा ‘एक दीवसीय दाम्पत्य गोष्ठी’ मा बोल्ने वक्ताहरुले दाम्पत्य जीवन सफल बनाउन आपसमा समपर्र्ण र विश्वासमा जोड दिनुपर्ने बताएका थिए ।

गोष्ठीमा बोल्ने वक्ताहरुले श्रीमान/श्रीमतीबीच विश्वास, सद्भाव, समर्पणले मात्र दाम्पत्य जीवन सफल हुने बताएका थिए । कार्यक्रममा व्यक्तिलाई नभई समस्यालाई आक्रमण गर्नुपर्ने र दुवैले एकअर्काको भावना बुझ्दै सम्बन्ध सुमधुर बनाउनुपर्नेमा बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केवी उप्रेतीले वैवाहिक जीवन सफल बनाउन मुख्यतयाः श्रीमान्/श्रीमतीकै हात हुने बताए । परिवार सदस्य तथा समाजअनुसार पनि सम्बन्धमा खटपट आउन सक्ने भएपनि सम्बन्धमा समस्या आउन नदिन दुवै पक्ष चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उपासना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अमरवाती महर्जनले पैसाले औषधि किन्न सकिने भएपनि माया र परिवार किन्न नसकिने बताइन् । मृत्युबाहेक जोडीलाई कुनै पनि कुराले छुटाउन नहुने उहाँको भनाई थियो । ‘रिसले रिस जन्मिन्छ, मायाले माया नै जन्मिने हो, त्यसकारण सम्बन्ध प्रगाढ बनाउन सबै लागौं’ उनले भनिन् । मायासँगै क्षमादान दिन सके सम्बन्धमा दरार नआउने उनको भनाई थियो ।


कार्यक्रममा श्रीमान्/श्रीमती निरज थापा र इन्दिरा थापाले प्रशिक्षण दिदैँ नकारात्मक भन्दा सकारात्मक सोचका साथ अघि बढे सम्बन्धमा कुनै समस्या नआउने बताए । वैवाहिक जीवन सुमधुर बनाउन एकअर्काप्रति विश्वास नै बलियो आधार भएको उनीहरुको भनाई थियो । विवाहको जग बलियो बनाउन दुवै जनाको उत्तिकै भूमिका हुने उनीहरुको भनाई थियो ।

सो अवसरमा संस्थाका उपाध्यक्ष ललना बज्राचार्य र अरुण मानवको ३७ वर्ष विवाह उत्सव मनाइएको थियो । कार्यक्रममा बज्राचार्य र मानवले श्रीमान/श्रीमतीबीच धेरै कुरामा फरक हुने भएपनि समझदारीका साथ अघि बढ्न सके समस्या नआउने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.