दुई वर्षीया बालिका बलात्कृत

दुई वर्षीया बालिका बलात्कृत

राजविराज : दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १२ वर्षीय बालक पक्राउ परेका छन्। बालिकालाई उनकै छिमेकी बालकले बलात्कार गरेको आरोपमा पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै पुगेको इलाका प्रहरी कार्यालय छिन्नमस्ताको टोलीले बालकलाई बिहीबार पक्राउ गरेको जनाएको छ।

बालिकाको रक्तश्राव नरोकिए पछि राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको परिवारजनले जनाएको छ। उपचारमा रहेकी बालिकाको कुरुवा बसेकी आफन्तले भनिन् ‘अवस्था गम्भीर छ, चिकित्कसकले समेत शान्त वातावरणमा बस्न सुझाएका छन्।' पीडित बालिका र आरोपित बालकको सोही अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

पीडितका अभिभावकले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जनाए। बालबालिकासम्बन्धी ऐन २०४८ अनुसार बालमैत्री वातावरणमा राखी अनुसन्धान गर्नुपर्ने भएपनि सो बमोजिमको जिल्लामा व्यवस्था नहुँदा आरोपित बालकलाई प्रहरी कार्यालयमै सुरक्षाकर्मीहरुसँग राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.