जागिरको लोभ देखाएर एक लाख ६० हजार घुस लिने प्रहरी हवल्दार पक्राउ

जागिरको लोभ देखाएर एक लाख ६० हजार घुस लिने प्रहरी हवल्दार पक्राउ

म्याग्दी : प्रहरीमा जागिर लगाइदिने प्रलोभनमा पारेर घुस लिने एक प्रहरी हवल्दार रंगे हात पक्राउ परेका छन् । रघुगंगा–६ कमनाथस्थित पाखापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कुलबहादुर विसीलाई प्रहरी तालिम केन्द्रमा जागिर लगाईदिने भन्दै लिएको एक लाख ६० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सदरमुकाम बेनीबाट शनिबार पक्राउ गरेको हो ।

विसीले बुटवलका एक व्यक्तिसँग तालिम केन्द्रका उच्च अधिकारीसँग चिनजान रहेकोले जागिर पक्का हुने भन्दै घुस मागेका थिए । अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले हवल्दार विसीलाई सेवाग्राहीको सूचनाको आधारमा रंगे हात पक्राउ गरिएको पुष्टि गरे ।

‘विसीले सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा उनलाई निरन्तर पछ्याउँदै जाँदा बेनीबाट रंगे हात पक्राउ गरेका हौं’, उनले भने । अख्तियारको टोलीसँग हवल्दार विसीले सुरुमा पैसाका लागि बुटवलमा भेट गर्ने बताए पनि केहिदिनमा पोखरामा भेट्ने कार्यक्रम बनाए ।

‘त्यहाँबाट उनले बागलुङ सारे र अन्तिममा बेनी गएर पैसा बुझ्ने र जागिर केही दिनमा पक्का हुने बताए’, अख्तियारका प्रवक्ता पाण्डेयले भने, ‘यो क्रम निकै दिन चलेपछि उनलाई रंगे हात पक्राउ गर्न सफल भएका हौं । पटक–पटक ठाउँ परिर्वतन गर्दा उनी निकै अनुभवी भन्ने बुझ्न कठिन छैन ।’

बुटवल निवासी विसी एक वर्ष यता म्याग्दीमा कार्यरत छन् । जिल्ला कारागारमा कार्यरत उनी तीन महिना पाखापानी चौकी सरुवा भएका थिए । उनको गतिविधी शंकास्पद लागेरनै सदरमुकाम बेनीदेखि एकदिनको पैदलदुरीमा पर्ने पाखापानीमा सरुवा गरिएको म्याग्दी प्रहरीले जनाएको छ । ‘विसीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं’, अख्तियार प्रवक्ता पाण्डेयले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.