चार इन्भेष्टमेन्ट कम्पनीका सात नियन्त्रणमा
इटहरी : अनुमति नलिइ वित्तीय कारोबार सञ्चालन गरेको भन्दै प्रदेश प्रहरीले झापा, सुनसरी र मोरङगबाट सात जनालाई नियन्त्रणमा लिएको छ । इटहरी, धरान, र दमकमा सञ्चालित चार इन्भेष्टमेन्ट कम्पनीबाट सात जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले इटहरीको अपन इन्भेष्टमेन्ट प्रालि, छिन्ताङ इन्भेष्टमेन्ट प्रालि, धरानको हलेसी इन्भेष्टमेन्ट प्रालि र दमककै चौतारी इन्भेष्टमेन्ट प्रालिमा छापा मारेको हो । त्यस्तै, हलेसी, अपन र छिन्ताङ इन्भेष्टमा समेत छापा मारिएको बताइएको छ ।