रियल मड्रिडको प्रभावशाली जित
काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।
रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।
११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।
३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।
६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।
जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।
ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले