कपडाको भन्सार गर्ने विषयमा विवाद हुँदा फायरिङ

कपडाको भन्सार गर्ने विषयमा विवाद हुँदा फायरिङ

परासी : कपडाको भन्सार गर्ने विषयमा विवाद हुँदा फायरिङ भएको छ। भन्सार गर्ने विषयमा व्यवसायीसँग विवाद भएपछि नवलपरासी प्रहरीले बल प्रयोग गरेर भारतीय कपडालाई भैरहवास्थित बेलहिया भन्सार कार्यालय चलान गरेको छ।

गत माघ २८ गते पाल्हीनन्दा गाउँपालिका कुस्माका व्यवसायी सुरेन्द्र चौहानले भारतबाट ल्याएका ५२ गाँठ (ठूलो कपडाको बण्डल) कपडा भूजहवा छोटी भन्सार कार्यालयको गोदाममा राखेका थिए। कपडाको मूल्य ५० लाख बढी रहेको चौहानले बताए।

उक्त छोटी भन्सार कार्यालयलाई भन्सार काट्ने अनुमति नभएकाले कपडालाई महेशपुर छोटी भन्सार ल्याइएको थियो। भूजहवा भन्सार कार्यालयलाई अस्थायी पैठारीको मात्र अनुमति छ।

व्यवसायीहरुले महेशपुरबाटै भन्सार काट्नु पर्ने अडान लिए पनि कार्यालयले भने भैरहवा भन्सार कार्यालय लैजानुपर्ने बताएपछि विवादले उग्र रुप लिएको थियो। कपडा लैजाने क्रममा व्यवसायीले अवरोध गरेपछि एक राउण्ड हवाई फायरिङ्ग गरेर भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले बताए।

छोटी भन्सार कार्यालयले गोदाममा रहेका कपडालाई प्रमुख भन्सार कार्यालय लैजानुपर्ने भएकाले शान्ति सुरक्षाको व्यवस्था मिलाउन पत्रचार गरेकाले प्रहरी पठाइएको प्रहरी उपरीक्षक आचार्यल बताए। ‘हामीले सुरक्षा दिएका हौं। बारम्बार अवरोध नगर्न अनुरोध गरेपनि सरकारी कामलाई अवरोध गरेपछि एक राउण्ड हवाई फायर गरेर कपडा भैरहवा भन्सार कार्यालय पठाएका छौं।' प्रहरी उपरीक्षक आचार्यले भने, अरु कुरा हामीलाई थाहा भएन।'

महेशपुर छोटी भन्सार कार्यालयका भन्सार अधिकृत मानबहादुर विकले चिफ साहेबले गोदाममा रहेका सबै कपडा ल्याउन निर्देशन गरेकाले भैरहवा भन्सार कार्यालय पठाएको बताए। ‘महेशपुर कार्यालयबाट सबैको भन्सार काट्न पाउने अधिकार छ। के कति कारणले भैरहवा ल्याउन निर्देशन भएको हो मलाई थाहा भएन। हामीले माथिको आदेश मानेका हौं। ’ विकले भने।

जिल्लाका अन्य चार वटा नाकामा छोटी भन्सार कार्यालय छन्। महेशपुरबाहेक अन्यलाई भन्सार दस्तुर उठाउने अधिकार छैन। ति नाकाहरुबाट आउने सामानहरुको महेशपुरबाटै भन्सार दस्तुर लिने गरिएको छ। भन्सार दस्तुर उठाउने अधिकार पाएको नाकाबाट नल्याई अर्कै नाकाबाट ल्याएर राखेका कारण अनुसन्धान गर्न कपडालाई भैरहवा भन्सार कार्यालयमा लगिएको हुन सक्ने एक कर्मचारीले बताए।

सधैं महेशपुरबाटै भन्सार काटेर कारोबारगर्दै आएकाले यहीबाट राजश्व लिन माग गरेपनि व्यवसायीलाई दुःख दिन भैरहवा लगिएको व्यवसायी चौहानले बताए। यस सम्बन्धमा बेलहिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठ्न सकेन।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.