सीसी क्यामेरा प्रयोगबिहिन,बढ्यो सुरक्षा चुनौती

सीसी क्यामेरा प्रयोगबिहिन,बढ्यो सुरक्षा चुनौती

बर्दिबास : सुरक्षा व्यवस्था मजबुत बनाउन जडान गरिएको सीसी टीभी क्यामेरा बिग्रिएपछि बर्दिबास प्रहरीलाई सुरक्षा चुनौती बढेको छ। बर्दिबासमा फरकफरक प्रकृतिका आपराधहरु बढेसँगै प्रहरीलाई अनुसन्धानमा सीसी क्यामेरा नहुँदा समस्या थपिएको हो। मर्मत सम्भारको अभावमा बर्दिबासको मुख्य तीन सडक खण्डको प्रवेश नाकामा जडान गरिएको चार थान सीसी टीभी क्यामेरा प्रयोगबिहिन छ।

नेपाल सरकारले तीन वर्ष अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासमार्फत चार थान सीसी टीभी क्यामेरा उपलब्ध गराएको थियो।बर्दिबास उद्योग बाणिज्य संघले स्थानीय व्यवसायीबाट तीन लाख सहयोग संकलन गरेर सीसी क्यामेरा जडान गरिएको थियो।

पूर्वी नेपालका जिल्लालाई राजधानीसँग जोड्ने मुख्य प्रवेश मुख्यद्वार हो बर्दिबास।भारतदेखि चीन र मेचीदेखि महाकालीको केन्द्र बर्दिबास नै पर्छ। आर्थिक कारोबारको मुख्य केन्द्र पनि छ।

तीन दर्जनभन्दा बढी हामी कहाँ बैंक तथा वित्तिय संस्थाहरु छन्।दुई दर्जन सुन चाँदी पसलहरु छन्। त्यसैले यहाँ सुरक्षा चुनौती पनि छ।‘प्राय बैंक तथा व्यवसायीको सुरक्षा सीसी क्यामेरा जडान छ,'बर्दिबास उद्योग बाणिज्य संघका महासचिव भवनाथ खतिवडाले भने,‘ चोरी भएको कोठाभित्रको क्यामेरामा कैद होला तर चोरी गर्ने मान्छे कता कुन बाटो भएर भाग्यो भन्ने त खुल्दैन। किन भने चोकमा जडान गरेको सबै नाकाको सीसी क्यामेरा बिग्रेको छ। ढुक्कसँग व्यापार गर्ने अवस्था छैन।'

ट्राफिक प्रहरीले दुई महिना अघि नै बिग्रेको सीसी क्यामेरा मर्मत गराउन बर्दिबास नगरपालिकालाई पौष १ गते चिठ्ठी नै पठाएको थियो। राजमार्ग क्षेत्रलाई व्यवस्थित गर्दै अपराधी क्रियाकलाप नियन्त्रणका लागि बर्दिबासका मुख्य चोकचौराहा र नाकाहरुमा ११ थान सीसी क्यामेरा फिट गर्न ट्राफिक प्रहरीले नगरपालिकासँग माग गरेको थियो। तर अहिलेसम्म बिग्रेको सडकका क्यामराको पनि मर्मत सम्भार भएको छैन।

बर्दिबासमा पछिल्लो समय गुण्डागर्दी, चोरीचकारी, वेश्यावृत्ति, लागूऔषध ओसारपसार, वन्यजन्तु चोरी शिकारी, नक्कली अमेरिकन डलरको कारोबारजस्ता फरकफरक खालको अपराध बढेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

सीसी क्यामेरा नहुँदा हुने गरेको अपराधको प्रमाण जुटाउन र अनुसन्धान गर्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रविण पोखरेलले बताए।

‘नगरपालिकाले नगरको सुरक्षा जस्तो सम्वेदनशिल विषयमा सीसी क्यामेरा जडान नगराएर लापरवाही गरेको छ' स्थानीय कर्महरी सुवेदीले भने। स्थानीय नविन कोइरालाले नगरपालिकाले छिटोभन्दा छिटो बर्दिबासको सुरक्षा व्यवस्था कडा बनाउन सीसी क्यामेरा जडान गर्न नगरपालिकासँग माग गरेका छन्।
यता बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले सीसी क्यामेरा जडानको काम थालिएको दावी गरेका छन्। दश लाख बजेट छुट्टयाएको उनले बताए।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.