बालुवाटारबाट एमाले-माओवादी एकता घोषणा गर्ने तयारी

बालुवाटारबाट एमाले-माओवादी एकता घोषणा गर्ने तयारी

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणाको तयारीसहित सोमबार साँझदेखि सुरु पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । यो बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषय मिलाउन कार्यदल गठन गर्ने र पार्टी एकताको मिति घोषणा गर्ने बताइएको छ ।

एकता प्रक्रिया अन्तिम चरण पुगेको कुरा दुवै दलका नेताले पनि बताएका छन्। यसअघि आजै दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासमा पार्टी नेताहरुबीच एकताको प्रक्रियामा देखिएको समस्या समाधान भएको 'ब्रिफिङ' गरेका थिए ।

अध्यक्ष दाहालले सोमबार नै एकताले नयाँ गति लिने पनि नेताहरुसँग बताएका थिए। माओवादी नेता मणि थापाले दाहालको 'ब्रिफिङ'लाई उधृत गर्दै भने, ‘अस्ति जुन कुरा मिलेको थिएन, त्यो मिल्यो, अब एकताले नयाँ गति लिन्छ।'

पार्टी 'ब्रिफिङ' पछि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा ‘वान टु वान' वार्ता पनि भएको छ । नेता थापाले पार्टी 'ब्रिफिङ' पछि दाहाल र ओलीबीच ‘वान टु वान' वार्ता भएको बताए।उनले दुई नेताबीच एकता संयोजन समितिको बैठकबाट एकतालाई अन्तिम स्वरुप दिने विषय छलफल भएको बताए।

एकता संयोजक समितिको बैठकले एकतालाई अन्तिम रुप दिँदै नमिलेको सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुङ्याउने तयारी गरेको छ । ‘समितिको बैठकले सबै कुरा टुंग्याउने छ, सैद्धान्तिक विषय महाधिवेशनमा टुङ्गो लाग्नेछ । आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना छ', थापाले भने ।

एमालेको प्रमुख सैद्धान्तिक नीति जनताको बहुदलीय जनवाद (जबज) र माओवादीको २१ औं शताब्दीको जनवादका विषयमा महाधिवेशनबाट छिनोफानो गर्ने दुई अध्यक्षबीच सहमति भइसकेको छ।

एकीकृत पार्टीको दुई अध्यक्षले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जुटेको छ। आज सबै कुरा टुंगिए माओवादी पनि सरकारमा सहभागी हुनेछ।

बैठकमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.