माओवादी केन्द्र पुनर्गठन गर्ने गोपाल किरातीको घोषणा

माओवादी केन्द्र पुनर्गठन गर्ने गोपाल किरातीको घोषणा

काठमाडौँ: नेकपा एमालेसँगको एकता घोषणापछि नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले पार्टीबाट 'विद्रोह' गरेका छन् ।

उनले मंगलवार एक प्रेस विज्ञप्ती निकालेर माओवादी केन्द्र पुनर्गठनबीच एकताको विपक्षमा रहँदै आएका नेता गोपाल किरातीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दक्षिणपन्थीको पनि संज्ञा दिएका छन् ।

'महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु', उनले भनेका छन् ।

नेता किरातीले पार्टीको सैद्धान्तिक विचारधारालाई निर्णायक तहमा स्थापित गर्न पनि अपिल गरेका छन्। 'मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवम् पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा माओवादी केन्द्र पुनर्गठन गरी अघि बढ्न बिशेष आव्हान गर्दछु', उनले भनेका छन् ।

किरातीले यसअघिबाटै एमालेसँगको एकतामा असहमति जनाउँदै आएका थिए । पुर्वी नेपालमा सुरुमा किरात वर्कर्स नामको सशस्त्र समूह बनाएर भूमिगत भएका किराती २०५८ सालदेखि पार्टीलाई माओवादीमा समाहित गरेर राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.