ओली सरकारले निर्णय उल्ट्याएपछि कांग्रेस रुष्ट

ओली सरकारले निर्णय उल्ट्याएपछि कांग्रेस रुष्ट

काठमाडौं : आफू नेतृत्वको सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्ट्याएपछि कांग्रेस रुष्ट बनेको छ। राष्ट्रियसभा सदस्यमा कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस खारेज गर्दै नयाँ सरकारले नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि कांग्रेस रुष्ट बनेको हो।

कांग्रेसले सरकारले गरेका निर्णयको विरोधमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रवक्ता शर्माका अनुसार दिउसो ३ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ।

मन्त्रिपरिषद्ले मंगलबार डा. युवराज खतिवडा (झापा), रामनारायण बिडारी (मकवानपुर) र डा. विमला पौडेल (मोरङ) लाई राष्ट्रियसभामा सिफारिस गरेको थियो। सरकारको सिफारिसअनुसार राष्ट्रपतिले उनीहरूलाई आजै राष्ट्रिय सभामा मनोनित गरिसकेकी छन्।

देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति समक्ष सिफरिस गरेको थियो। तर मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो।

यो पनि पढ्नुस्ः 

कांग्रेस प्रवक्ताको प्रश्नः 'विपक्षीलाई विश्वासमा लिने कि द्वन्द्व निम्त्याउने ?'

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.