प्रहरी 'इन्काउन्टर' मा मारिएका मनोज पुन को हुन् ?

प्रहरी 'इन्काउन्टर' मा मारिएका मनोज पुन को हुन् ?

बुटवल : प्रहरीको 'मोस्टवान्टेड' सूचिमा रहेका मनोज पुन बुधबार मारिए। पुनसहित उनका सहयोगी सोम आले पनि प्रहरी इन्काउन्टरमा मारिए।

हत्या, अपहरण र फिरौती लगायत विभिन्न आरोप लागेका पुनलाई खोज्न प्रहरी गत माघ अन्तिम साता भारतको गोवासम्म पुगेको थियो।

पुनलाई खोज्न प्रहरी गोवा जानु, उनी नेपाल फर्किनु र प्रहरी इन्काउन्टरमा मारिनु करिब करिब सँगसँगै जस्तो भएको छ। प्रहरीले उनका १६ जना सहयोगीलाई पक्राउ गर्दा पनि उनी फरार थिए। आखिर को थिए मनोज पुन जो प्रहरीको सर्वाधिक खोजी सूचिमा थिए ?  

एकाएक चर्चामा

घटनास्थल। फोटोः लक्ष्मण पोखरेल/अन्नपूर्ण

तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि मनोज पुन एकाएक चर्चामा आएका थिए। उनको वास्तविक नाम मनोज बुढा मगर हो। २०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनसाथ उनले प्रहरी प्रमुखसहित पत्रकारहरूलाई फोन गरेर हत्याको जिम्मा लिएका थिए। त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचिमा राखेर खोजी गरेको थियो।

पुन रुपन्देही देवदह नगरपालिका २ का बासिन्दा हुन्। उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष समेत भएका थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए।

ठेक्कापट्टा, अपहरण, हत्या र राजनीतिक आवरण

माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे। पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा अपराधिक काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो। त्यसपछि उनी माओवादीको वाइसीएलसँग नजिक भए।

प्रहरीका अनुसार पुनले ०७२ फागुन २० मा दुर्गा तिवारीमाथि पहिलो पटक देवदहकै एक इटा कारखाना नजिकै गोली हानेका थिए। उक्त आक्रमणमा बचेका तिवारी ०७३ पुसमा सिकार बने। उनीमाथि गोली हानेको लगायत अन्य घटनाको अभियोगमा ०७३ जेठमा प्रहरीले पुनका सहयोगीहरु रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाईँ, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै, र रवि केसीलाई पक्राउ परे।

०७३ को तिवारी हत्या काण्डपछि पनि पुनले गएको साउन २० गते रुपन्देहीको मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए। उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए। चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको थियो।

यो क्रममा पुनले रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौंका व्यवसायीसँग फिरौती उठाइरहेका थिए।

गत पुस २१ गते देवदहै फर्निचर व्यवसायी बसन्त पौडेलको पुनले हत्या गरे। फर्निचरमा काठ किन्ने नाममा पुगेका दुई जनाले पौडेलमाथि हत्या गरेका थिए। त्यसयता कुनै आपराधिक गतिविधि भएका थिएनन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि पुनको संलग्नता रहेको प्रहरीले बताउँदै आएको थियो।

पुनलाई यो क्रियाकलपामा सघाउने झण्डै १६ जना सहयोगी पक्राउ परे पनि पुन पक्राउ परेका थिएनन्। गएको वर्ष भारतका शहरमा रहेको बताउने उनले अहिले मलेसिया रहेको बताइरहेका थिए।

तर प्रहरीले भने भारतमै रहेको विश्वाससहित उनीमाथि नजर बढाएको थियो। उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको टोली भारतको गोवा पुगेको थियो।

सम्बन्धित समाचारहरू


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.