सूर्यविनायक बन्यो च्याम्पियन

सूर्यविनायक बन्यो च्याम्पियन

भक्तपुर : सूर्यविनायक नगरपालिकाले मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कैलालीको गोदावरी नपालाई ३–१ सेटमा पन्छाउँदै सूर्यविनायक च्याम्पियन बन्न सफल भएको हो ।

सूर्यविनायकले प्रतियोगिताको उपाधिसँगै एक लाख ५१ हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारेको छ । सूर्यविनायकसँग २३–२५, २५–२३, २५–२३ र २५–१५ को सेटमा पराजित गोदावरी भने ७५ हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा सूर्यविनायकका चित्रबहादुर केसी मोस्ट भ्यालुएबल खेलाडीसँगै उत्कृष्ट सर्भर बन्न सफल भए । सूर्यविनायकलाई उपाधि जिताउन योगदान गरेका उनले व्यक्तिगत रुपमा मोस्ट भ्यालुयबल खेलाडीको उपाधिसँगै नगद दस हजार र उत्कृष्ट सर्भरको उपाधिसँगै पाँच हजार नगद जितेर व्यक्तिगत रुपमा पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार जित्न सफल भए ।

त्यस्तै, सूर्यविनायकका उत्सव खड्का उत्कृष्ट सेटर र कमल सुनार उत्कृष्ट ब्लकर घोषित हुँदै जनही पाँच हजार नगद पुरस्कार जित्न सफल भए ।
गोदावरी समग्रमा उपविजेता भए पनि उसका तारा भट्ट उत्कृट स्पाइकर र विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले पनि पाँचपाँच हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताकै दावेदार मानिएको ललितपुर महानगरपालिका भने चौथोमा सीमित हुन पुग्यो । नेपाली भलिबलका राष्ट्रिय कप्तान इम रानामगरको नेतृत्वको ललितपुर लिगमा हराएको रुपन्देहीको तिलोत्तमा नपासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
तेस्रो भएको तिलोत्तमाले ३० हजार नगद पुरस्कार जित्दा ललितपुर महानगरपालिका २० हजारमै चित्त बुझाउन बाध्य भएको थियो ।

देशभरका २१ नगरपालिकाको सहभागिता रहेको प्रतियोगिताका विजेता, उपविजेता भएको नपा तथा खेलाडीलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं १ का सांसद प्रेम सुवालले मेडल, ट्रफी, प्रमाणपत्रसँगै नगद पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.