गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विस्ट माओवादीबाट निष्काशित

गोपाल किराती, विश्वभक्त दुलाल र लोकेन्द्र विस्ट माओवादीबाट निष्काशित

काठमाडौँ: नेकपा एमालेसँगको एकतालार्इ लिएर विरोधमा उत्रिएका तीन नेतालार्इ नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्काशित गरेको छ ।

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल 'आहुती' र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको जानकारी नेता अग्नि सापकोटाले दिए ।

पढ्नुस्: माओवादी केन्द्र पुनर्गठन गर्ने गोपाल किरातीको घोषणा

त्यसैगरी बैठकले सरकारमा जान नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ । अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई यसको जिम्मा दिने निर्णय गरेको हो ।

कुन-कुन मन्त्रालय लिएर कुन-कुन नेतालाई पठाउने भन्नेबारे अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता सापकोटाले जानकारी दिए ।

बैठकमा यही फागुन ७ गते नेकपा एमाले सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.