सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई छुट्टाछुट्टै प्रायोजन

सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई छुट्टाछुट्टै प्रायोजन

काठमाडौं : दुई छुट्टाछुट्टै बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई प्रायोजन गरेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल)मा समेत अनुबन्ध रहन सफल सन्दीपलाई सानिमा बैंकले मासिक ४० हजार रुपैयाँको प्रायोजन गरेको छ । सन्दीपको सम्झौता दुई वर्षको रहनेछ । सानिमाले सन्दीपलाई विगत दुई वर्षदेखि मासिक २० हजार रुपैयाँको प्रायोजन गर्दै आएको थियो । पुरानो सम्झौता अवधि सकिएपछि बिहीबार बैंकले मासिक २० हजार थप गरी पुनः दुई वर्षको नयाँ सम्झौता गरेको हो ।

सोही अवसरमा सन्दीप र कप्तान पारस खड्कालाई नेपाललाई डिभिजन एक र विश्वकप छनोटसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सानिमा बैंकका ब्रान्ड एम्बेसडर एवं चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले सम्मान पनि गरे ।

यसैगरी राष्ट्रिय टोलीका सदस्य एवं यू-१९ टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीलाई पनि ग्लोबल आईएमई बैंकले एक वर्षका लागि मासिक २० हजार रुपैयाँ प्रायोजन गरेको छ । क्रिकेट प्लेअर्स एसोसिएसन नेपाल (सिप्यान) सँगको सहकार्यमा दीपेन्द्र र बैंकबीच बिहीबार सम्झौता भएको हो ।

cricket-player-association-nepal--(4)

सम्झौता आदानप्रदान गर्दै ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र क्रिकेटर दीपेन्द्रसिंह ऐरी । सुनिता डंगोल

सम्झौताअनुसार बैंकले दीपेन्द्रलाई नगदसहित एक लाख ६० हजार रुपैयाँको खेल सामग्रीसमेत उपलब्ध गराउनेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र दीपेन्द्रले हस्ताक्षर गरे । दीपेन्द्रले बैंकको सहयोगले आफ्नो आगामी खेल थप सुधार हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.