'देउवाले संसदीय दल चलाउन सकेनन्, अब मेरो पालो'

'देउवाले संसदीय दल चलाउन सकेनन्, अब मेरो पालो'

सिन्धुलीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताएका छन् ।

नेपाल प्रेस युनियन सिन्धुलीले कांग्रेस पार्टी कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् । 'भोलि हुने संसदीय दलको बैठकबाट विधान परिमार्जन गर्ने र त्यसपछि मात्र संसदीय दलको नेतृत्व चयन हुन्छ,’ सिंहले भने ।

केन्द्रीय सदस्य सिंहले अहिलेसम्म संसदीय दलको नेतामा कसैले दाबी नगरेको अवस्थामा आफू संसदीय दलको नेता हुन योग्य भएको उनले जिकिर गरे । 'पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न सकेनन्', उनले भने, 'अब संसदीय दलको नेता उहाँ हुन सक्नुहुन्न।'

'पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक नियमित गर्न सकेनन्', उनले भने, 'अब संसदीय दलको नेता उहाँ हुन सक्नुहुन्न।'

पार्टी सभापति देउवाले संसदीय दलको नेतामा दाबी गरेमा आफू प्रतिस्पर्धामा उत्रिएर संसदीय दलको नेता हुने दाबी पनि उनले गरेका छन् । 'परम्परागत रुपमा नै संसदीय दलको नेता बनाए यो सिङ्गो पार्टीको हितमा हुदैन', सिंहले भने ।

पत्रकारले सोधेको एक प्रश्नको जवाफ उनले कांग्रेस महामन्त्री कोइरालाले सर्वसम्मतिबाट भए मात्र संसदीय दलको नेता बन्न इच्छा व्यक्त गरेको अवस्थामा सर्वसहमति हुन नसक्ने बताए ।

नेता सिंहले सर्वसहमतिको वातावरण आएमा आफू त्यसमा सहमत हुने र सर्वसहमत नभएमा संसदीय दलको नेता परिवर्तन गर्नु पर्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.